
सुर्के थैली खै लाइ युट्युब मा १ करोड ३३ लाख भन्दा धेरै दर्शक ले हेरिसके
चलचित्र वडा नं ६ को सुपरहिट गीत “सुर्के थैली खै” लाइ युट्युबमा एक करोड भन्दा बढी जनसंख्या ले हेरेको धेरै समय भएको छैन । केहि महिना आगाडी मात्रै सो चलचित्रको टिमले आफ्नो फिल्म को उक्त गीत ले अपार सफलता पाएको उपलक्ष्य मा खुशी आदान प्रदान गर्दै पार्टीको आयोजना समेत गरेको थियो । नेपाली चलचित्रका गीतहरुमा कुनै गीतले नपाएको सफलता पाएपछि सम्पूर्ण टिममा उत्साह भरिएको थियो । उत्कृष्ट चलचित्र निर्माण गर्ने टिमले बनाएको अर्को चलचित्र "छक्का पन्जा" ले नेपालमा कुनै फिल्म ले पाउन नसकेको व्यापारिक सफलता पायो । चलचित्र अझै पनि देशभरको थुप्रै सिनेमा घरमा प्रदर्शनमा आइरहेको छ ।