
निरन्तर विश्वस्तरका मेडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो साङ्गीत यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, अास्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ ।
“हामीले विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल अब नेपालको सबै भन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रो बिच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता गर्यौं जस अन्तरगत हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको अाधिकारीक डिजिटल मेडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने छ ।”