सन्तोष श्रेष्ठ · Dec 28, 2016

आशातित सपना
कविता'
Tap to listen
कती सपना देखिए
कती सपना देखाइए
समाजले भनुँ या परिस्थितिले।
कती त पुरा भए
कती तुहिइए,तुहिदैछ।
तै पनि देखिरहेछु,बोकिरहेछु।
नखोजेका कुरा भेटिए
खोजिएका कुरा झन् हेर्दाहेर्दै हराए।
मनमा उठेका संवेगहरुलाई
गाँठो पारेर कतै टाढा
मिल्काउन नखोजेको पनि होइन।
तर एकाएक शून्यतामा बिलाएर जान्छन्।
जिन्दगीमा एउटै डर छ,
भोलि कतै यी मेरा पदचापहरु
शून्यतामा परिणत त हुने हैन?
मेरा यी चालहरुले अन्जानमा
कसैले दुख त पाउने हैन?
म जान्दछु मेरा कमजोरीहरु
जसलाई म न टपक्क फ्याँक्न सक्छु
न त अँगालेर हिँड्न नै।
गोचर दुनियाँको उल्झनबाट
यथार्थको सागरमा
फाल हान्न प्रयासरत छु।
थाहा छैन,
मरिन्छ कि
नयाँ क्षितिज चुमिनेछ।
------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|