Dipendra Khadka · Aug 11, 2016
मायाको सागरमा पौडेर आऊ तिमी फुलको सुवास बनि मनमा छाऊ तिमी तिम्रै तस्बिर सजाएको छु मन मन्दिरमा मिठो धुनमा पिरतीको गित गाउ तिमी भुल भएछ तिमीलाई दिलमा सजाउन
मायाको सागरमा पौडेर आऊ तिमी
फुलको सुवास बनि मनमा छाऊ तिमी
तिम्रै तस्बिर सजाएको छु मन मन्दिरमा
मिठो धुनमा पिरतीको गित गाउ तिमी
भुल भएछ तिमीलाई दिलमा सजाउन
सबै सामु दोषी भएछु बाजा बजाउन
तिमी त काँडा बीच फुल्ने फुल रहेछौ
तिम्रो फेरिने रुप देखि थालेछु लजाउन
सियो भएर छिर्छु फाली भएर देखाउँछु
एक दिन सबैको ताली भएर देखाउँछु
सानो छ भनेर हेपाहा नगर मलाई
एक दिन सबैको जाली बनेर देखाउँछु
- दीपेन्द्र खड्का
टाँडी - १, तिल्केनी , मोरंग
[email protected]
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।