युवराज ढकाल · Mar 27, 2018
जब देश गिद्धे नजरमा फस्छ
सन्तान सन्तानबिच मतभेद हुदोरहेछ
आफ्नो आङ भन्दा प्यारो
पराईको ईच्छा र चाहना बन्दोरहेछ
सहिष्णुतामा जब पर्खाल ठडिन्छ
आकाशमा गिद्धहरू चल्मलाउने रहेछन्
नदीहरूमा छाल बनेर
खहरेहरूमा भेल बनेर
बस्ति बस्ति सखाप पार्न
गाँउ गाँउ पस्दारहेछन्
तिमी बिभाजीत भएको दिन
तिमी विक्षिप्त भएको दिन
चाहरा लिएर गिद्धहरू
हुल बाँधि बाँधि आउनेछन्
छर्कनेछन चाहराहरू
बाढ्नेछन आस्वासनहरू
तर तिमी ढुल्मुले नहुनु
किनकी ति केवल गिद्ध हुन
आफ्नो आहरा टिपेर जानेछन् ।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |