नवराज बरम · Feb 14, 2017
आधा थियो त्यो यात्रा
आधा नै रह्यो जिन्दिग पनि
आखिर अमृत पिए पनि त
प्यास अधुरो नै रहन्छ।
अधुरो रह्यो मेरो यो कथा पनि।
अलप हुदैछु,
यो अन्जान दुनियाबाट
बेखबर तिमीलाई
यो वाचा छोडि,
प्रिय
फेर भेटाैला कुनै जन्ममा
हामी दुई यसै गरि
परको क्षितिजलाई
रविको रत्तिम लालिले भेटेसरि
खाअाैला वाचा कसम
सातैा जन्मको
हिडाैला गोरेटो ऊहि
पाईला अनेक यात्रा एउटै गरि।
अनि,
साथ मिलि अमर बनाअाैला
हाम्रो, यो अधुरो प्रेम कथा
तिमी मुना र,
म मदन बनी।।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|