Shiva Magar · Aug 12, 2016
यो देशको माया मुटुमा छ देखाउनु मैले कसरी
भोक र तिर्खा न भन्दै दुश्मन संग लडेछु बेस्सरी
सम्झना आउँछ आमा तिम्रो छाती मा गोलि खाएनी
नराेउ आमा तिमी सहिदको नाम लेखाउँला नि
बगाउँला रगत पानी जस्तै जितेर छाडुला सिमाना
कायर जस्तो सिर झुकार्इ पछि पर्ने छैनौं गोर्खाली
यहि हो धर्ती बुद्ध जन्मेका आमा तिमि शान्तिको दीप जलाउ
सर्वोच्च अग्लो सागरमाथा त्यस्तै गरि सिर उठाउँछु बाँचुञ्जेल ।।
न लोभिने सच्चा हाम्रो मन, न बिकिने हाम्रो नेपाली मन
कर्णाली र सेती झै पबित्र छ हाम्रो मन ।।।।
-शिव मगर
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।