दिर्घ बस्नेत · Nov 29, 2016

प्रेम स्मृतिमा
कविता
Tap to listen
कुनैबेला मेरा औंलाहरु मा
तिमिले गरेका कोमल स्पर्शहरु
खै किन हो अझैपनि
नमेटिने आकृति बनी बसे झै लाग्छन् ।
कुनैबेला मेरा श्रब्ययन्त्रमा गुन्जिएका
तिम्रा सुमधुर आबाजहरु
खै किन हो अझैपनि
यहीँ कतै गुन्जिरहे झै लाग्छन्
कुनैबेला मेरा निर्दोष नयनमा
तिमिले लाएको एकटक नजर हरु
खै किन हो अझैपनि
छायाँ बनी चलमलाए झै लाग्छन् ।
कुनैबेला मेरा यी ओठमा
तिमिले चुमेका प्रत्येक चुम्बनहरु
खै किन हो अझैपनि
ताजा र मिठा झै लाग्छन् ।
कुनैबेला मुल्यहिन जिन्दगी जीउँदै गर्दा
तिमिले सिकाएका अमुल्य पाठहरु
खै किन हो अझैपनि
अनमोल झै लाग्छन् ।
_______________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|