सुदर्शन रिजाल · Oct 20, 2016
बर्ष महिनाझै सरी रहेछ
महिना हप्ता झै लम्की रहेछ
हरेक दिन एक घण्टाझै लाग्छ
कथित यो सपना को देशमा
जहाँ सपना देख्ने निन्द्रा
दिनहु लुटीई रहन्छ
पसिनासँग साटेको डलर बोकी मेरो देश जान
उडी रहेको हुन्छु एटलान्टिक को आकाश माथि
अचानक बिउँझीन्छु त्यो कर्कश अलरमको आवाजले
अनी फेरी थाल्छु म
बर्ष लाई महिना बनाउन
महिना लाई हप्ता बनाउन
अनी एउटा सिङो दिन लाई एक घण्टा बनाउन ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|