विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी" · Feb 27, 2017

स्वार्थी संसार
कविता
Tap to listen
लोभ लालच र स्वार्थमा मनुष्य
संसारमा प्राणीको व्यर्थ रहस्य ।।
जीवीत रहुन्जेल अनेकथरी वहाना
मृत्यु अवश्य छ तर थरीथरी चाहाना ।।
धर्तीमा जस्तो श्रृष्टि त्यस्तै समाप्ती
केही छैन लिनु दिनु गरौ ज्ञान प्राप्ती ।।
मानव हिसांत्मक सोच नगरौ कहिल्यै
अरूको उपकार गर,खुसी मिल्छ जहिल्यै ।।
सकरात्मक सोच,सबको भलो जगतै भलो
दया माया करूणा गरौ, नसोच कसैको कुभलो ।।
गर्नु छ हामी महान काम समाजको भलो होस
मृत्युवरण स्वर्ग नर्क पुगेपनि नाम अमर रहोस ।।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|