अजय बर्तौला · Jan 9, 2024
सबैभन्दा ठुलो यहाँ पैसा र सम्पत्ति
भ्रष्टाचार गरेर धनी बन्दै छन् नेता हेर समाजको गति ।
एक घर एक मनोरोग नभएको समज छ र कति
आत्महत्या बढ्दैछ यहाँ हुँदै छ मनिसको क्षति।।
आमाबुबा हुदैनन् घरमा यहाँ को समजमा
बृद्धाअश्रम जनुपर्छ रम्न आमाबुबाको आवजमा।
मन्छेले मन्छे मार्दैछन् मर्दैछन् कति मनव यहाँ
काटेपछि आउँछ रगत ,मर्नेले रगत झर्दैछन यहाँ ।।
रोजगरि छैन समाजमा पेट पाल्न गह्रो हुने
यति जनशक्ति विदेश गए भन्दा सार्हैनै मन छुने।
विदेशिन्छन् युवा हवाई जाहजसंगै उडेर आकाशमा
कमै आउछन् बसेर जाहाजको सिटमा आरु त बाकसमा ।।
पढाइ यो समाजमा कसैलाई मान्य छैन
वेद ,पुरन र उपनिषद् के हम्रै शिक्षा हैन ?
विदेशी संस्कृति नक्कल गर्छन स्वदेशी गर्ने हैन
हाम्रो यो समाज राम्रो हुन्छ कि हुँदैन ??
