रुपेश कामती · Jul 26, 2017

आकाशको जुन
कविता
Tap to listen
पहाडबाट झरना झरेर।
खाेलाबाट पानी बगेर।
अानन्द अाउछ त्यहा त्यसलाई
जाे रम्छ त्यहा बसेर।
सुनेर चराचुरुङ्गीको धुन।
आफैले आफुलाई प्रश्न गर्छ।
यस्तो चिज छ त्यो कुन?
जस्ले छाएको छ यहाँ प्रकाश।
जस्को बिना हुन्छ यो रात उदास ।
उमंग छाएको थियो रातमा।
त्यही मात्र थियो एउटा साथमा।
फेरि आफैले आफुलाई प्रश्न गर्छ।
यस्तो चिज छ त्यो कुन?
त्यो त रहेछ आकाशको जुन।
त्यो त रहेछ आकाशको जुन।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|