मनोहर गुरुंग · Jul 18, 2024
माआमा को ममता को छाया, हरेक दुख मेटिदिन्छ
उनको आचल को छहारीमा, शान्ति को पल आऊँछ
बिना बोले बुझिहाल्छिन्, दिलको हरेक कुरा
उनको नजरमा हेर, भगवान देखिन्छ
उनी बिना यो जीवन, सुन्य जस्तो लाग्छ।
माआमा को हासोमा जस्तै, चन्द्रमा मुस्कुराउँछ
उनको हातको खाना, स्वर्गको स्वाद ल्याउँछ
माआमा को प्रार्थनाले हरेक कठिनाइ सजिलो हुन्छ
उनको माया अनमोल छ, हरेक खुशी उसमा समाहित छ
माआमा बिना संसारमा, अरू केही चिज राम्रो लाग्दैन
माआमा को काखमा, संसारको सबभन्दा ठूलो सम्पत्ति छ
उनको स्नेह पाउनु, भाग्यशालीको मात्र किस्मत हो
जब आँसु झर्छन्, उनी नै पहिलो पुछिदिन्छिन्
माआमा को प्रेममा नै, हरेक दुख विलिन हुन्छ
माआमा को आँचलमा, स्वर्गको अनुभूति हुन्छ
उनको माया सदाझैं, जीवनभरि रहन्छ
