मनिषा प्रसाई · Apr 26, 2017

आमा
कविता
Tap to listen
आमा मेरी मनकी रानी
तिमीनै हौ माया की खानि
दुख पिडा सबै भुलेर फेरि
मुसुक्क मुसुक्क मुस्काइ रहने
खुशी देख्दा तिम्रो आमा
मेरो मन रमाएर द्ङ्ग हुने
मै त हुनि तिम्री छोरी आमा
कथा बेथा सुनाइ भुल्याई रहने
यसै गरी सधै हासिरहानु आमा
सयौ बर्ष फटाफट बाचिरहनु आमा
केहि परे मलाई फोन गर्नु ल आमा
मछु नि यहाँ तिमीलाई हसाईरहने
मातातिर्थ औशी को यही छ
आमलाई शुभकामना ।
बाकी नराखी पुरा भैरहुन तिम्रा
मनका इच्छा र तिम्रा चाहना ।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|