Aayush Guragain · Dec 13, 2023
कस्तो होस ऐ अनिद्रा कति पीर मात्र दिन्छस
भोली यशो गर्छु भन्ने सोच राख्दा ननिदाई हराउछस्
कस्तो प्रब्रिती तेरो टाउको मात्र भारी राख्छस
कति प्रयास गर्दा पनि किन पो आउदैनस्
चिंता, पीर, समस्या, एक्लोपन छ भन्दैमा येस्तो गराउछस
म जस्तो अनबिज्ञ लाई किन यति तड़पाऊछस
नया दिनको सुरुवात गरु सोच्दा रातमा कता हराउछस्
तेरो साथले गर्दा त दिन राम्रो हुन्छ नत्र त शरीर गलाउछस
दिनभर जगरिलो रहन खोज्दा टुप्लुक आउछस
रातभर चाहिने साथ तेरो अन्य सोच मा अल्मलॉउछस
ये निद्रा त कस्तोपो हुन्थिस् आजकल सबैकुरा बिर्सउॎछस
साँचै त बिना त यो जिंदगी लाई घाट मै पुराउछस।
