Shiva Chaudhary (Aasu Kavi) · Jul 22, 2016
आकाशमा उड्दै गरेकी चरी कुन फुल आज नौलो भयो। कल्पनाको संसारमा रम्ने परी कुन देश आज स्वर्ग भयो।
आकाशमा उड्दै गरेकी चरी
कुन फुल आज नौलो भयो।
कल्पनाको संसारमा रम्ने परी
कुन देश आज स्वर्ग भयो।
सधै जंगली फल टोक्ने सुगी
कुन रस आज अमृत भयो।
अमृत भनी चुस्नु गएकी थिए
अन्जानमा पिजँडा भित्र फँस्नु पर्यो।
---
शिव चाैधरी (अाशुँ कवी)
इटहरी, सुनसरी, नेपाल
[email protected]
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।