रस्मी अर्याल · Oct 16, 2024
जब सानामा किताब हराउँथ्यो
तब म सोच्थे
किताब नयाँ पाइन्छ किन खोज्नु?
म तत्कालीन बालक लाई के थाहा
किताब पैसा तिरेर आउँछ
रहर फीरेर हैन।
त्यस्तै अलि ठूली भएँ
सँग सँगै रहर पनि ठूला भएछन् क्यारे
नयाँ किताबको भन्दा
किताबमै नयाँ पान्ना पल्टाउने रहर जागेछ।
त्यसैले होला सबै को नजर मा सधैं टपर भनेर चिनिएछु,
र सबभन्दा सुपर भनेर पनि।
अझ बढी बढेछु उमेरमा
तर रहर मा
हो रहर अझै दस गुना बढेछ क्यारे
संसार का हरेक कुरा पाउने रहर जागेछ,
रहर पनि उमेर जस्तै न हुन्
आफ्नो सीमा भित्र जिउने
सीमा कै निमित्त बढ्ने
सिमाकै निमित्त घट्ने।
उमेरले अझ बढेछू म
तर रहर
रहर बढ्न सकेन,
आफ्नै सीमा भित्र न थियो।
रहरको वृद्धि नभयेदेखि
खोज को वृद्धि हुन थालेछ क्यारे
सीमित रहर का सीमित खोज बढ्न थालेछन्।
कैले स्वप्न संसारको रहर लिएर खोज मा लागेछु
त कैले विपना को रहरको खोजीमा
अनि कैले परिकल्पनाको खोजीमा।
लाग्एछु धेरै खोजमा र पाएछु धेरै
रहरको पुर्तिपनि
तर कुनै खोजले गरेछ डकैती
रहर धेरै
तर यसको पुर्ति थोरै।
बुझ्न सारै गरो थ्यो मलाई
तर सायद आज बुझे
रहर र खोज को स्फुर्ति।
