आसिश तिमल्सिना · Mar 18, 2020
फर्की आउनु तिमी
सुख होला त्यहा तर तर्कि आउनु तिमी,
केहि सपना अधुरा छन सम्झि आउनु तिमी,
पर्खी तिमीलाई बस्ने छु फर्कि आउनु तिमी
कालो बादल मन्डराउदै छन रे त्यहा
कालो बादल मन्डराउदै छन रे त्यहा ,उज्यालो बनी चम्की आउनु तिमी,
सारा दुख छाडेर छिटो गरी लम्क लम्क लम्की आउनु तिमी,
पर्खी तिमीलाई बस्ने छु फर्कि आउनु तिमी
सुन्दैछु धेरै थाकेको छौ रे
सुन्दैछु धेरै थाकेको छौ रे ,नेत्र आफना लोलाउदै आउनु तिमी,
बाटो, घाटो, खहरा ,पहरा बोलाउदै आउनु तिमी,
पर्खी तिमीलाई बस्ने छु फर्कि आउनु तिमी
तिम्रो त्यो हसिलो अनुहारमा
तिम्रो त्यो हसिलो अनुहारमा खुसिको भाव झल्काउदै आउनु तिमी,
हाम्रो कला झल्काउने त्यो भादगाउले टोपी टल्काउदै आउनु तिमी,
पर्खी तिमीलाई बस्ने छु फर्कि आउनु तिमी
तिमी आउने पर्खाईमा
तिमी आउने पर्खाईमा रहेका नेत्र हाम्रो थाकिसके,
ति काला मेरा केस खै कुन्नि कता भागिसके,
आउछौ तिमी भनेर यो मन हाम्रो बनाउदैछन धेरै बाहाना,
मात्र अब जिवनका अन्तिम दिनहरू तिमीसित बिताउने चाहाना
फर्की आउ तिमी फर्की आउ
देश सम्झी फर्की आउ
हामीलाई सम्झी फर्की आउ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |