बाबु सापकोटा · Jun 22, 2017

कहिले हाँसेर बोल्दिने गर
कबिता
Tap to listen
कहिले हाँसेर बोल्दिने गर
कहिले मुस्कुराएर टाल्दिने गर
हुन त धेरै समस्या छ
तिमिसित पनि
मसित पनि ......
तर केही फैसलाहरु
समयमा हाल्दिने गर ,,
थाहा छैन भोलि कोहि हँसाउने
भेटिन्छ कि भेटिदैन
त्यसैले आज नै आफ्नो
अहंकारलाई निकाल्दिने गर
सम्झौता गर्न सिक किनकी
थोरै झुक्दा सम्बन्धलाई सधैको लागि
टुट्नुभन्दा बचाउनु धेरै राम्रो हुन्छ
कसैलाई हाँस्दाहाँस्दै त्यति नै
हकले रिसपनि आउनुपर्छ
आफ्नाहरुको आँखा पानीले
बिस्तारै पुछ्नुपर्छ
नातेदारीमा र मित्रतामा
कस्तो मान अपमान ?
बस आफ्नाहरुको दिल मा बस्ने ठाउँ हुनुपर्छ
_______
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|