देव प्रसाद गाैतम · Jun 1, 2017

खई, के भाको छ?
कविता
Tap to listen
के भाको छ,यो हाम्रो घरमा? खई, के भाको छ ?
मत मतान्तर भई रहन्छ, सधैं रड़ाको छ।
तर्कै तर्क, गरि समय् टारीरहन्छन् दिशाहीन जस्तो छ।
अन्यौल अलमलमा पारि रहन्छन, खई के भाको छ?
मल्लयुध्दनै गर्लान जस्तो उन्माद बढ्दो छ।
छर छिमेकलेनै केपो भन्नु? अप्ठ्यारो भाको छ।
बुझदैनन्, बुझाउँदा कोहि, सबै निती जान्ने छन,
कचिङ्गल गरिरहन्छन्, अरूका कुरा नमान्ने छन् ।
मितव्ययिता हराउदोछ, घर, धर्मराउंदो छ।
निधो हिनभै, व्यय गर्दछन, खई के भाको छ?
मदानी घुमाको देखाउदै, नौनि देखाउँछन् ।
घिउ पनि त देखिनु पर्ने खार्दै पोखिन्छन्।
टुनामुना परोकि घरमा, कसैले उच्चाटन गरेको छ?
हे, श्री पंडित, ज्योतिष ज्यू, यो घरमा के भाको छ?
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|