Aayush guragain · Dec 26, 2023
मनै मन को संसार यहाँ
मनले चाहे पुग्छ।
मनैको राज चल्छ यहाँ
चाहें नदी पनि सुक्छ।
मनै मनले पिरोल्छ यहाँ
मनै लाई दुख्छ।
मनै को बजार यहाँ
चाहें मन पनि बिक्छ ।
मनै मन को संतुष्टि यहाँ
खोज्दा नि पाइदैन।
मन ले नचाहे यहाँ
केही नि पाइदैन।
सदुपयोग गर्न सके यहाँ
मनै ले पुगाउछ।
मनलाई वसमा राखे यहाँ
संसार नि जिताउछ ।
मनपनि अति चंचल यहाँ
कतै नि अडिदैन।
राम्रो कुरा मन यहाँ
जति राखे नि भरिदैन।
