रितिक दास कथवनियाँ · Oct 18, 2023
मध्यरात थियो
चारैतिर सुनसान थियो,
आमाको आँखाभरी पिडाका आँसु
अनि ओठमा मन्द मुस्कान थियो,
किनकी हातमा ईश्वरको उपहार
अनि परिवारभरी हर्षोंउल्लास थियो,
त्यो रात! त्यो समय!
मेरो जन्मदिन थियो ।।
आफैमा बलवान थियो
मेरो जन्म भएको त्यो रात थियो,
किनकी पुरै नौं महिना पछिको
घरमा खुशीको त्यो बरसात थियो,
टोल-छिमेकमा मेरै चर्चा र बात थियो
शिरमा हरेक आशीर्वादका हात थियो
सबैका काखँमा म
अनि सब मेरो साथ थियो,
त्यो रात! त्यो समय!
मेरो जन्मदिन थियो ।।
आज म २० वर्षको भए
आमा ४२ र बाबा ५२ को हुनहुन्छ!
सपना अझ साचेकै छ
इच्छा अझ बाचेकै छ!
बा-आमाको आङमा सफा, सुकिला लुगा काँच्नु छ
अनि सङ्गै नाँच्नु छ!
आफूलागी नभएपनि, आफ्नाकालागी बाँच्नु छ
अनि सङ्गै रमाउनु छ!
राम्रो पैसा कमाउनु छ
एउटा सुन्दर घर बनाउनु छ,
छुट्टै पहिचान बनाउनु छ!!
बस्! पुरा गर्न लाग्ने समय,
मिहिनेत र परिश्रमको खाँचो छ!
त्यसैले, निरन्तर पाईला चाल्दैछु
आँस र साँस रहुन्जेल,
यसलाई कायम राख्नु छ।।
