लाल मान लिम्बु · Jan 12, 2024
आतिन्छ यो मन पर्देशमा बर्षौ बितिसक्यो
बाआमाले सन्सार छाडे छोराछोरीले भबिस्य बनाए
जिबनसाथिको केस पनि फुलि सक्यो
मैले मेरा सपना चाहानाहरुलाइ कुहाए
रहरले पर्देशिएको भए समयको क्याल नहून्थ्यो
बाध्यताले दिन रात हप्ता महिना लम्बाई दियो
आफ्नो प्याराको साथ उनिलाइ पनि चाहिन्थ्यो
संघर्षको मैदानले खेलको परिणाम उल्ताइ दियो
जवानी त यसैगरी बित्यो परदेश र घरदेशमा
बुडेस्काल प्यारिसङ्गै बिताउने रहरछ
कुन्नि के लेख्याछ भाग्यमा
बाकी समय कुरेर बस्नुछ
