निरञ्जन मिश्र · Mar 15, 2021
मनमा भावनाहरुको बहाव
अनि खुशीले उन्माद भएपछि
मस्तिष्कमा अनौठा तरङ्गहरु,
तनमा जादुमय लहरहरुले
उत्पातै गर्दा रहेछन्
प्रेमको समुद्रमा डुबेपछि ।।
अनुहारमा चमक सुनौलौ
स्वयम्मै एक विश्वास नौलौ
अनि मनमा सुन्दर भावहरु
भेटिन थाल्दा रहेछन्
त्यो समुद्रमा डुबेपछि
गहिराईमा वाह! मोती
ती नयनमा प्रेमका ज्योतिले
सम्बन्ध बनाउँदा रहेछन् मजबुद
असल प्रेमी भेटेपछि ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।