विन्जु जि सी · Nov 10, 2023
वर्ष दिनमा एकपटक आउने पर्व तिहार
सबको घर घरमा ल्याउँछ उमंगको बाहर
दियो कलश झैं सजाउँछ सबको घरको संघार
सात समुद्र पारी बाट आउँछन् तरी जंघार
रंगी चंगी गाउँ सहर उज्यालो छन् मुहार
प्रियतम लाई सम्झी उनले गर्दैछिन् श्रृंगार
आई देऊ तिमी सबको घरमा बनी खुसीको प्रहर
ल्याईदेऊ तिमी सबको मनमा हौसला को लहर
सबको परिवार मिली हाँसी खुसी हुने चाहाना
पूरा गरी दिनु भगवान सबको मनोकामना
