Manoj lamichhane · Dec 25, 2023
उदाउने छन सुर्य फेरी,ढलेको नै हिजो भए
पलाउने छन आशा आज मरेको नै हिजो भए
इच्छा गर्नुहोस मनमनै सुनौलो संसारको
जोशिने छन जिवन फेरि गलेको नै हिजो भए
ति आशा अनि सपना ,नया किरण बोकि ल्याउने छन
झरेका ति पात झै जोश , नया पालुवा फेरी पाल्ने छन
इच्छा गर्नुहोस मनमनै ,सुनौलो संसारको
परिवारको सपना र तपाइको कर्त्तव्यले फेरि
ज्वलन्त दियो बाल्ने छन ।
