
आमाको मुख हेर्ने दिन नजिकिदै छ । हामी मध्ये कोही आफ्नो आमाको नजिक छौं होला भने कोही निकै टाढा । हामी जहाँ भएपनि आमासँगको भावना सबैभन्दा नजिक हुने गर्दछ । मातातिर्थ औंशी नजिक आउन थालेपछि हामी सबैलाई यो विशेष दिनमा आफ्नो आमालाई के उपहार दिने भनेर अन्योल रहने गर्दछ । तपाईंहरू मध्ये धेरैले आफ्नो क्षमता अनुसार आमालाई के उपहार दिने भनेर योजना बनाउन थालिसक्नु भएको होला । यदि छैन भने हामी तपाईंहरूलाई यो दिनलाई अविस्मरणीय बनाउन र आमालाई उपयोगी हुने उपहारहरू के कस्ता हुनसक्छन् त भनेर यो लेख मार्फत जानकारी लिएर आएका छौं ।
