
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ र यसरि प्रत्येक ३०/३० डिग्रीको राशीको अंश हुन आउँछ ।