Suyog Dhakal · Jan 19, 2018
अहिले त नेपाली मुलधारका कलाकारहरु पनि भोजपुरी सिने क्षेत्रमा स्थापित भएर काम गर्दछन्, कपाल काट्ने पसल देखि अस्पतालका चिकित्सक अनि बडा बडा ओहोदामा पनि भोजपुरी भाषीहरु पुगेका छन् तर यसको भाषगत अनि कलात्मक संवेदनशीलतामा किन कोही बोल्दैनन ?
शिला कि जवानी आईएम सो सेक्सीमा ५ बर्षकी छोरी नाच्दा मोबाइलको क्यामराले भीडीयो अनि फोटो खिच्ने आमाबुवा भएका समाजमा शायद अब सभ्य गीतहरु सुनीनै छाड्ने हो कि भन्ने भय पनि छ । एउटा खराबले आधा बिश्व यात्रा गरिसक्दा पनि राम्रोले भने दुई कदम पनि चल्न सकेको हुँदैन्, शायद यो उखान भोजपुरी गीतहरुमा पनि लागु भएको छ । भोजपुरी गीतहरुको कुरा गर्दा धेरै पुराना चर्चित गीत अनि थेगोहरु यसै भाषावाट सापट लिइएको छ, अवध क्षेत्रमा शदियौ ंदेखि पुस्तौंपुस्ता यात्रा तय गरिरहेको भोजपुरी भाषा एउटा उच्चकोटीको भाषा हो जसको मौलिकताको आफ्नै इतिहास छ । तर यस समयमा भने आफ्ना अश्लिल गीत, शव्द अनि दुईअर्थ लाग्ने संवादका कारण यस भाषा नै स्वयम चपेटमा परेको छ , भोजपुरी गीतहरुमा अश्लिल शव्द किन ?