
विहान ८ बजेदेखि शुरु हुने कार्यक्रम दिउसो ४ बजेसम्म चल्ने
'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'को लागि यहि फागुन २४ गते अर्थात भोलि काठमाण्डौको टुडिखेलमा वृहत रक्तदान कार्यक्रम हुदैछ । लायन्स कल्व अफ काठमाण्डौ नेपाल र लायन्स कल्व काठमाण्डौ हिमचुलीको संयुक्त आयोजनामा हुने बृहत्त रक्तदान कार्यक्रममा करीव ३ हजार जनाबाट रक्तदान गराउने उद्देश्य रहेको कार्यक्रमका सञ्चार संयोजक सुदिपचन्द्र बख्रेलले हाम्रो पात्रोसंगको कुराकानीमा बताए । “विश्व रेकर्डका साथै रक्तदानसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौ” उनले भने ।