Tulasi Narayan Chitrakaar · Jul 3, 2016
पाकेटमा रगत भर्न थालेपछि नर्स त्यहाँबाट गइन् । वार्डको चारैतिर आँखा घुमाएँ मैले।
तिनी कतै जुनेली त होइनन् ? मेरो मुटु जोडले धड्कन थाल्यो । टाउको उठाएर अझ गहिरिएर हेरें । “हो, पक्कै उनी जुनेली नै हुन् ।” “कति साह्रो दुब्लाएकी ? चिन्न नै गाह्रो । अनुहारको रङ पनि उडेको ! सायद रगतको कमीले गर्दा होला ।” उनी मस्त निद्रामै छिन् ।