
आप्रवाशन मन्त्री पूर्व सरकारका प्रखर बिपक्षी हुन् जसले आप्रवाशनका बिषयमा प्रखर समालोचना गर्दथे । दृष्टिबिहीन पाराओलम्पीयन अपांगता र खेल मन्त्री हुन् । बित्त मन्त्री सफल ब्यापारी हुन् । कृषि र खाद्य मन्त्री पूर्व कृषक हुन् । लैगींक समानता र अन्य समावेशीताका लागि क्यानडाका मन्त्रीमण्डल उदहारण हो ।
प्रणाली र संरचना सफल र अनुभवी नेतृत्वको दक्षताले निर्माण गर्दछ । समबन्धीत कुरामा दक्ष नेतृत्वको चयनमा क्यानडाको अहिलेको मन्त्रीमण्डल अनुपम दृष्टान्त भएको छ । नेपालमा अहिले नयाँ मन्त्रीमण्डलको कुरा भइरहँदा क्यानडाका नेतृत्ववाट पनि केही सिक्ने कि ?