माधव वियोगी · Mar 11, 2018
छन्दको प्रचारप्रसार गर्ने कार्यमा भगवान शिव, विष्णु र इन्द्र तथा ऋषिहरू वृहस्पति, माण्डव्य, सैतव, यास्क र पिङ्गल सक्रिय रहेका थिए । पिङ्गलले छन्दसूत्रको निर्माण गरेर छन्दलाई व्यापक पार्ने कार्य गरेका थिए । पछिल्लो समयमा वाल्मीकिले रामायण र व्यासले महाभारतको रचना गरी छन्दलाई प्रयोग गरेको पाइन्छ ।
‘छन्द बचाऊँ अभियान २०५३’ लार्इ सम्बन्धित पक्षले दिएको स्वकारोक्तिपछि मैले नेपाल पञ्चाङ्ग निर्णायक समितिलार्इ लेखेको पत्र जस्ताको त्यस्तैः "सर्वप्रथमतः राष्ट्रव्यापी आन्दोलनका रूपमा सञ्चालित ‘छन्द बचाऊँ अभियान २०५३’ शुरू भएको दिन वैशाख ८ गतेलाई छन्द दिवसको मान्यता दिन मद्वारा राखिएको प्रस्तावलाई स्वीकार गरेकोमा म नेपाल पञ्चाङ्ग निर्णायक समितिप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु ।"