
चीनमा झण्डै दुई करोड मुसलमानहरु बसोबास गर्दछन् र ३५ हजारको हाराहारीमा मस्जिदहरु छन् ।
यसमा जान्नैपर्ने कुरा अर्को के पनि छ भने, चीनको उइघुर समुदायले स्वतन्त्र राज्य माग गर्दै आइरहको छ । उनीहरु आपूmलाई पूर्वीय टुर्किस्तानका भन्न रुचाउँछन् र उनीहरुको धेरैजसो चालचलन र परम्परा पनि टर्कीसँग मिल्दोजुल्दो छ ।