Suyog Dhakal · Oct 14, 2016
यो दृष्टान्त फेरि दोहोरिदैछ , बुढीऔलाहरु जस्तै एउटा नेपालीजनको टुक्रा यस दशैंबाट विमुख हुँदैछ, तितो यर्थाथसँगै । भुगर्वविदहरुले सिस्मिक प्लेटहरुको चहलपहलले भुइचालो आयो भन्नेगर्दछन तर उनिहरुलाई शायद भुइचालो आउनु कुनै दैव लागेको हो, पिडा दिएर गयो त्यो पनि यति असह्य कि अब हरेक दशैं, तिहार, तिज अनि नयाँवर्षले त्यो पिडाको घाउलाई कोट्याइनै रहन्छ, एउटा समग्र पुस्ता त्यही पिडा सुमसुम्याउदै बाँच्नेछ अनि त्यो सुम्सुम्याईले अर्को भुइचालो ल्याउनेछ, हृदयभित्रको कम्पन । त्यस्मा वितेका आफन्तको यादले ल्याउने कम्पन, घरवार विहिन हुनुको कम्पन, दुइवर्षदेखि छत विहिन वस्नुको कम्पन, हिँउदको सिरेटो त्रिपालभित्र छिर्दाको कम्पन अनि पानीको बाछिटाले रुझँउदाको कम्पन् ।