Suyog Dhakal · Jul 4, 2017
तिलाठीका नेपालीहरुले बरु भारतीय सीमा सुरक्षाबलको चुटाई खेपे, बर्षभरि त्रासदि खप्दै आएका छन् तर आफ्नो जमिन खोसिन दिएनन् ।
सप्तरी जिल्लामा खाँडो नाम गरेको खोला छ, बर्खामासमा अरु खोलाहरुझै त्यो खोला पनि बढ्छ, बाढी आँउछ । पानी हो निकास खोज्छ अनि निकास नपाएमा बाढीले डुबान ल्याँउदछ । हामी सबैलाई थाहा हुन जरुरी छ, सप्तरीको तिलाठीमा भारतीय पक्षले बलजफ्ती लगाएको बाँधका कारणले डुबानमा छ । तिलाठीका लागि बर्खा एउटा भयंकर समस्या हो, गाँउ डुबानमा पर्दछ ।