Bishwa Raj Adhikari · Aug 20, 2016
तर यो कार्यलाई केवल एक टेलिफोनको माध्यमले व्यवस्थित गर्न सकिन्छ। कार्य कुशलताको उपयोग गर्दै उक्त सैलुनको त्यो हजामले प्रत्येक ग्राहकलाई टेलिफोनबाट फरक फरक समय दिएर सबैलाई पालै पालो सेवा प्रदान गर्न सक्छ। अर्थात कपाल काट्नेहरूले पनि टेलिफोनबाट कपाल काट्ने समय बुक गर्न सक्छन् र आफ्नो समयको बरवादी रोक्न सक्छन। कपाल काट्नेहरूले सैलुनमा गएर कुर्नु पर्दैन। उनीहरुले आफूले पाएको समयमा गएर कपाल काट्न सक्छन्। नेपालमा यस किसमको कार्य कुशलताको हरेक क्षेत्रमा अभाव छ।
पेट्रोलियम नेपालको लागि प्रमुख ऊर्जाको स्रोत भएको उल्लेख गरि राख्नु पर्ने विषय होइन। नेपालको यातायात व्यवस्था पेट्रोलियम पदार्थमा पूर्णतया निर्भर छ। एउटा, एउटा टैंकरमा ढुवानी गर्दा र एकै पटक पाइप लाइनबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा यातायात लागत कत्तिसम्म कम पार्न सकिन्छ एक सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्छ। एउटा एउटा टैंकरमा पेट्रोलियम पदार्थ ढुवानी गरिएको हुनाले नै नेपालमा यातायात लागत उच्च हुन पुगेको छ र यसले गर्दा वस्तु र सेवाहरू पनि महँगा हुन पुगेका छन्। यसरी हामीले ढुवानीमा कुशलताको प्रयोग गर्न सकेका छैनौ।