भगवती वस्नेत · Mar 7, 2018
परिवारदेखि समाज विकासमा महिलाको अति महत्वपुर्ण भूमिका हुदाँहुदैँ पनि राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय हुनै सकेन । राज्य व्यवस्थाको हक, हीत र अधिकारबाट नारी कटौति भइरहनुको तात्पर्यले नारी अधिकार प्राप्ति अझै चुनौतिकै विषय हुन गइरहेको छ ।
स्वावलम्बी व्यक्ति यति तागतिलो हुन्छ कि उ जहाँ पुग्छ, त्यही उसलाई सफलता मिल्छ । उसले आफ्नो शक्तिलाई पखेटा सरह प्रयोग गरी आकाशको उचाई नाप्न सक्छ । इजरायलमा मैले एउटी त्यस्ती पनि महिला देखेको छैन जो पर निर्भर भएका छन् । जीवनमा स्वावलम्बन प्राप्त गर्नका लागि हामीले आफूले आफ्नो महत्वको पहिचान गर्न सक्नुपर्छ ।