
जन्मदिन सबैको लागि प्रिय हुन्छ र विशेष अवसरले हाम्रो जीवनमा महत्त्वपूर्ण अर्थ राख्छ । यो अवसर भनेको हामी जन्मेको वर्षदिन पूरा भएर नयाँ वसन्तको थालनीको प्रतिक हो । यस दिनमा जन्मदिन हुने व्यक्तिहरूलाई शुभकामना सहित उपहारहरू दिएर खुसीको भावना बाढ्ने चलन रहेको छ । यसले गर्दा जन्मदिन हुने व्यक्तिहरूलाई आफू विशेष भएकोअनुभव हुन्छ । उपहार पाउँदा साथी वा आफन्तहरू खुशी भएको देखेर हामी पनि आनन्दित हुन्छाै । यो चलनले हाम्रो सम्बन्ध अर्थपूर्ण र बलियो बनाउन मद्दत गर्छ ।
