
शुक्रवार साँझ बसुन्धरा स्थित येति इभेन्टमा हृदयरोग विशेषज्ञ र लेखक डा. ओम मूर्ति अनिलको नयाँ कृति "जीवन सम्बन्ध" सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यमा आत्मीयता, प्रेम भावले भरिएको “जीवन्त सम्बन्ध” सार्वजनिक भएको हो ।
