Bishwa Raj Adhikari · Oct 7, 2016
नेपालीहरू अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता धनी मुलुक मात्र होइन साइप्रस, ग्रिस, स्पेन, पोर्चुगल जस्ता युरोपका गरिब मुलुकहरुमा पनि पुगिरहेका छन। खाडीका देशहरू त पहिलेदेखि नै नेपाली कामदारहरूबाट भरिभराउ छन्। नेपालीहरू अहिले सिरिया, लिविया, इराक जस्ता अति नै द्वन्दग्रस्त मुलुकहरू, जहाँ कुनै पनि बेला बम पड्केर मानिसको मृत्यु हुन सक्छ, मा पुगिरहेका छन।
यसरी निराश भएर नेपाल छाड्ने मनस्थितिमा आम नेपाली पुग्नु सुखद स्थितिको संकेत कदापि होइन। यो राष्ट्रिय-निराशाको स्थिति हो। यो स्थितिले नेपालका भोलिका दिनहरू झन कष्टकर हुने संकेत दिरहेको छ। नेपालको जस्तै राष्ट्रिय-निराशाको स्थिति अहिले दक्षिणी सुडान, सोमलिया, नाइजेरिया, लिवियामा जस्ता अफ्रिकाका अति द्वन्दग्रस्त मुलुकहरूमा देखिएको छ।