
यस स्पेल बी का प्रस्तोता तथा बरिष्ठ संचारकर्मी भुषण दाहालले “नेपालमा पहिलो पटक भैरहेको यस प्रतियोगीताकालागि भर्खरै मात्र केहि जिल्लामा भएको अडिसनका दौरान देखिएको उत्साहले हामी हौसिएका छौं र यो कार्यक्रम केटाकेटी अभिभावक र शिक्षण संस्थाकालागि नेपालमा चिनिने एउटा राम्रो माध्यम बन्ने छ”
अहिले हाम्रो यो समाचार पढेर अचम्म पर्नुभएका सबै र यस्तै अन्योलमा हुनुभएका थुप्रै मानिसहरुको सोंचाइ प्रष्ट पार्दै आज यहि प्रतियोगीताका आयोजक 'मलिन मेडिया तथा इभेन्ट'ले बानेश्वर स्थित अल्फाबिटा कम्प्लेसमा प्रेस रिलिज आयोजना गर्यो । थुप्रै संचारकर्मी तथा प्रायोजकहरुको उपस्थितिमा मलिन मेडियाका व्यवस्थापकिय निर्देशक महेश पोखरेलले नेपालमै पहिलो पटक हुन लागेको यो शिक्षा प्रदान खेलकालागि आफुहरुले देशका विभिन्न ५८ वटा जिल्लाका लगभग ७०० भन्दा बढी बिद्यालयका ९,१० र +२ लेभलका इच्छुक बिद्यार्थीहरुको अडिसन लिने जानकारी दिए ।