
एन आई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखि योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजी क्षेत्रबाट सञ्चालित बैंकहरू मध्येकै ठूलो बैंक बन्न सफल भएको छ । यसै सिलसिलामा ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ ।