Suyog Dhakal · Feb 26, 2018
ओलीले पनि धेरै वाचा, प्रतिबद्धता अनि सकंल्पका साथ बालुवाटार टेकेका हुन्, उनका पछाडि लगभग उत्तिकै आलोचक अनि समर्थक रहेका छन् । नेपालले यसपटक ओलीबाट केही विशेष आशा गरेको भने छैन, सुशासन, विकास, समृद्धि अनि केही प्रारम्भिक व्यवस्थापनका काम ओली सरकारबाट आशा छ ।
भारतमा मोदीले पछिल्लो समय विशाल जनसर्मथन अनि केही मुख्य विशिष्ट व्यक्तिहरु लगायत धेरै मीडीया अनि समर्थकहरु गुमाउदै गएका छन् । चुनावका समयमा दिनरात मोदीका लागि लड्ने अनि झगडा गर्ने ट्वीट अनि समाचार सम्प्रेषणहरु आज मोदी कै आलोचना अनि विरोध गर्न थालेका छन् । आफ्नो वाचा पुरा गर्न नसक्नु राजनीतिमा घनघोर महँगो कुरा हो ।