Bishwa Raj Adhikari · Jul 26, 2016
तर अमेरिकालाई सपना र सम्भावनाको भूमि तुल्याउन अमेरिकीहरूको अठोठ– आफ्नो स्थानको विकास हामी आफैंले गर्नुपर्छ’ भन्ने भावनाको ठूलो भूमिका छ। अमेरिकामा राजतन्त्र र जमिन्दारी प्रथा कहिल्यै नभएकोले पनि अमेरिकी नागरिकमा आफ्नो स्थानको विकास आफैं गर्नुपर्छ भन्ने भावना बलियोगर्र जागृत भएको हुन सक्छ।
राजनैतिक दल र नेताहरूले एक अर्काको खुट्टा तान्ने बानी राजनैतिक संस्कृतिजस्तो भएको छ। ताजा उदाहरण: आर्थिक वर्ष २०७३–७४ को बजेट सदनमा पेश पनि भएको छैन, त्यसको चर्का विरोध शुरु भइसक्यो। अचम्म! पेश हुने बजेटको सत्ता–साझेदार दलका नेताहरूले पनि विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त विरोध गरिरहेको छ नै। विकास र निर्माणको कामको पनि विरोध गर्ने? यो कस्तो संस्कृति हो? के हामी विरोध नगरी बस्नै सक्दैनौं?