Suyog Dhakal · Jan 11, 2018
देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडाबाट हामी सबैलाई नियाल्दैछन् । देशले अाज स-सम्मान उनका विचारलार्इ, उनलार्इ अाधिकारीकरूपमैं सम्झना गरेकोमा धन्यवाद छ !
बाईबल लिएर भारत छिरेका बेलायतीहरुले देखेको शुरुका दिनमा भारतीयसंग जग्गा थियो तर पछि बेलायती साम्रज्यवादको सिलसिलामा भारतीयसंग बाईबल अनि बेलायतीसंग भारतिय भूमी र राज्यका हरेक श्रोतहरुमा पहूँच तथा पकड भएको कुरा पृथ्वी नारायण शाहले राम्ररी बुझेका थिए ।