
नेपालका लागि सन् २०२२ मिश्रित रह्यो । यसलाई शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको प्रारम्भिक वर्षको रूपमा लिन सकिन्छ । सन् २०२२ मा शुरु भएको राजनैतिक विचारधाराको नयाँ प्रवृत्तिले आगामी वर्षहरूमा नयाँ चेतना जगाउने विश्वास छ । याे वर्ष हामीले स्थानीय सरकार, प्रदेश सरकार र प्रतिनिधिसभाको श्रृङ्खलाबद्ध निर्वाचन देख्यौं ।