
राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ९वास्तवमा केही दीर्घवृत्त० ३६० डिग्रीको हुन्छ । यसलाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ र यसरि प्रत्येक ३०र३० डिग्रीको राशीको अंश हुन आउँछ । यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ । यी राशीहरू क्रमले मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन हुन् ।