Bishwa Raj Adhikari · May 3, 2017
भारतसँग हुने व्यापारमा नेपालले वर्षौंदेखि घाटा बेहोर्दै आएको छ। अर्थात् भारतसँग नेपालको व्यापार अति नै असन्तुलित छ। नेपाल–भारत व्यापार भारतको पक्षमा मात्र छैन, नेपालसँग रहेको व्यापारको आप्mनो बलियो स्थितिलाई राजनैतिक सौदेबाजीको अचुक तिरको रूपमा पनि प्रयोग गर्दै आएको छ।