ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Nov 6, 2018
कात्तिक २० गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार रहेको छ, काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ। नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी नपस्ने र धार्मिक दृष्टिले यसलोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ ।